कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

२०८२ श्रावण ९ शुक्रवार
सारांश
  • सिंहका अनुसार तराई–मधेस क्षेत्र सुख्खाग्रस्त भइरहँदा त्यही क्षेत्रमा अवस्थित चन्द्र नहर (मधेस) र बम नहर (रौतहट–बारा) जस्ता ठूला सिँचाइ आयोजनामा पानी नहुँनु सरकारको लापरबाही र व्यवस्थापनको असफलताको प्रमाण भएको बताए ।

काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । उनले यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भएको  भन्दै  सरकारको  कडा आलोचना गरेका हुन् । 

 

उनले भने, ‘यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भयो कुर्सीकै लागि यत्रो हानथाप हुँदा जलस्रोतको धनी देश आज सुख्खाको चपेटामा परेको छ ।’

 

सिंहका अनुसार तराई–मधेस क्षेत्र सुख्खाग्रस्त भइरहँदा त्यही क्षेत्रमा अवस्थित चन्द्र नहर (मधेस) र बम नहर (रौतहट–बारा) जस्ता ठूला सिँचाइ आयोजनामा पानी नहुँनु सरकारको लापरबाही र व्यवस्थापनको असफलताको प्रमाण भएको बताए ।

 

‘किन सुख्खा परेको छ भनेर हेर्दा, चन्द्र नहर, बम नहर छन्, तर पानी छैन’, सिंहले भने, ‘यो सबै व्यवस्थापकिय कमजोरी हो। सरकार आफैँले प्रकृतिले दिएको स्रोत बिगारेको छ ।’

 

उनले प्रधानमन्त्रीको सुख्खा क्षेत्रको भ्रमणलाई प्रचारमुखी भन्दै आलोचना गरे । ‘प्रधानमन्त्री सुख्खा क्षेत्रतिर जानुभएको छ, तर अहिले जनतालाई भ्रम होइन, राहत चाहिएको हो’, सिंहले भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार