जनयुद्धका बाँकी कार्यभार पूरा प्रविद्ध छौं : सिपी गजुरेल
२०८२ श्रावण ०८ बिहीवार
- विहीबार पार्टी कार्यालय कुपण्डोलमा कार्यबाहक महासचिव सिपी गजुरेल ‘गौरव’ ले र्यालीको उद्घाटन गर्दै आफूहरुले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेकोसमेत बताएका छन् ।
काठमाडौं : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक संगठन क्रान्तिकारी युवा संघ नेपालले भ्रष्टाचार र कुशासनविरुद्ध काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।
विहीबार पार्टी कार्यालय कुपण्डोलमा कार्यबाहक महासचिव सिपी गजुरेल ‘गौरव’ ले र्यालीको उद्घाटन गर्दै आफूहरुले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेकोसमेत बताएका छन् ।
पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली‘शुदर्शन’ले देशमा व्याप्त बेथिति, अन्याय अत्याचार र महङ्गी विरुद्ध आफ्नो पार्टीको युवा संघले संघर्ष चर्काउने विश्वास रहेको बताए ।
युवा संघका संयोजक सूर्य तिमल्सिना ‘जीवीत’ ले मोटरसाइकल र्याली भ्रष्टाचार र कुशासनविरुद्ध ‘आगोको झिल्को’ को संज्ञा दिए । ‘हाम्रो यो र्याली दलाल पुँजीवादी व्यवस्था र जनतका दुस्मनलाई खबरदारी हो, होसियार यसलाई हल्कारुपमा लिए भोलि कडा जवाफ दिनेछौं’, तिमल्सिनाले भने ।
र्याली पार्टी कार्यालय कुपण्डोलबाट सुरु भएर लगनखेल, कुलेश्वोर, कालिमाटी, बनस्थली हुँदै सिफल चौरमा गएर कोणसभामा परिणत भएको थियो । र्यालीमा युवाहरुलाई स्वदेशमा रोजगारी दे, भ्रष्टचारीलाई कारबाही गर, माहंगी नियन्त्रण गर, संघीय जनगणतन्त्र जिन्दावादलगायतका नाराहरु घन्किएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।