- विहीबार ग्लोबल युथ पार्लामेण्टले आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा सपथ ग्रहण समारोहमा सम्बोधन गर्दै उनले नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरु भएपनि जनताले आशा गरे अनुसारको विकास नभएको कुरा वास्तविकता भएको बताए ।
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जनताले आशा गरे अनुसारको विकास हुन नसकेको बताएका छन् ।
विहीबार ग्लोबल युथ पार्लामेण्टले आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा सपथ ग्रहण समारोहमा सम्बोधन गर्दै उनले नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरु भएपनि जनताले आशा गरे अनुसारको विकास नभएको कुरा वास्तविकता भएको बताए ।
उनले भने, ‘नेपालमा केही हुदैँन् केही हुन सक्दैँन् भन्ने एक किसिमको भाष्य जुन विकास भएको छ, त्यसलाई बदल्नुपर्छ । अब यहीं गर्न सकिन्छ, हामीले गर्नुपर्छ हाम्रो पुस्ताले गर्नुपर्छ भन्ने भाष्य विकास गर्नुपर्छ । नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरु भए तर जुन विकास निर्माणको नेतृत्व दिनुपर्ने थियो, जुन खालको विकासको आशा जनताले राखेका थिए त्यो अहिलेसम्म पूरा हुन सकेको छैन् । यो वास्तविकता हो ।’
यस्तै, उनले राजनीतिक नेतृत्व र विकास नेतृत्व फरक विषय भएको भन्दै नेपालका नेतृत्वहरुले यस विषयमा त्यती ध्यान दिन नसकेको बताए ।
उनले भने, ‘राजनीतिक नेतृत्वसँगै विकास नेतृत्व अलि फरक विषय हो । यसलाई हाम्रा नेतृत्वहरुले त्यति ध्यान दिन सकेन की भन्ने जस्तो लाग्छ । राजनीतिक नेतृत्वसँगै विकासको नेतृत्व र व्यवस्थापनको पनि ज्ञान हुनुपर्छ । राजनीतिक गर्न हाम्रा नेताहरु एकदमै जान्ने हुनुहुन्छ, सफल हुनुहुन्छ, उहाँहरुले धेरै काम पनि गर्नु भएको छ, नगरेको भन्ने होईन् । क्षमता छ । त्यो हिसाबमा काम भएको पनि छ । तर देश र जनताले आशा गरेको अनुसार नेपालको विकास हुन सकेन् । अबको पुस्ताले अगाडि बढेर नेपाललाई समृद्ध बनाउनुपर्छ भन्ने आजको युवाहरुको आवाज हो ।’
गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने सोच गलत: विजय लामा
सोही कार्यक्रममा क्याप्टेन विजय लामाले प्रजातन्त्र र गणतन्त्र आएपछि जे पनि बोल्न र गर्न सक्छौ भन्ने सोचले गर्दा जे पनि बोल्ने र अपमान गर्ने प्रवृत्तिको विकास भएको भन्दै यसलाई रोक्नको लागि युवाहरुको खाँचो रहेको बताए ।
उनले भने, ‘सबै मान्छेले भन्छ हाम्रो देश बनेन भनेर किन बनेको छैन् । हाम्रो देश नबनेको भए आज यति धेरै युवाहरु भेला हुदैँ हुदैँन् थियो । प्रजातन्त्र र गणतन्त्र आएपछि हामीले जे पनि बोल्न सक्छौ भन्ने सोचका साथ अगाडि बढेका छौ तर त्यो सोचमा पनि विकृति आएको छ । बोल्न पायो भन्दैमा जे पनि बोल्ने, अपमान गर्ने प्रवृत्तिको विकास भएको छ । यसलाई रोक्नको लागि पनि युवाहरुको खाँचो छ । बोल्दा के बोल्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।’
आजको शक्ति भनेको युवा वर्ग नै भएको पनि उनको भनाई छ । ग्लोबल युथ पार्लामेण्टका संयोजक दिवाकर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा युवाहरुलाई प्रशिक्षण दिइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।