मन्त्री सुडीले गरे एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक
२०८२ श्रावण ०८ बिहीवार
- बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री सुडीले नीतिगत सुधारदेखि सेवामूलक कार्यक्रमसम्मका विविध क्षेत्रका उपलब्धिहरू प्रस्तुत गरेका हुन् ।
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी) ले आफ्नो एक वर्षको अवधिमा हासिल भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री सुडीले नीतिगत सुधारदेखि सेवामूलक कार्यक्रमसम्मका विविध क्षेत्रका उपलब्धिहरू प्रस्तुत गरेका हुन् ।
उनले नेपालको सामाजिक न्याय, समानता र मानव अधिकार प्रवद्र्धन गर्ने लक्ष्यसहित मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको संरक्षण, सशक्तीकरण र पुनस्र्थापनाका क्षेत्रमा ठोस काम गरेको बताएका छन् ।
मन्त्री सुडीका अनुसार एक वर्षको अवधिमा १३२ जना दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । त्यस्तै, हराएका ६५९० बालबालिकामध्ये ५८३१ जनाको पारिवारिक पुनर्मिलन तथा ३८३ बेवारीस बालबालिकाको उद्धार गरिएको छ । भारतमा फेला परेका ७१ नेपाली बालबालिकाको स्वदेश फिर्ती र पुनस्र्थापना पनि गराइएको छ ।
राष्ट्रिय अपाङ्ग कोषमार्फत २७२ थान सहायक सामग्री वितरण गरिएको छ भने अपाङ्गता भएका ७५ जना व्यक्तिले आवासीय पुनस्र्थापना सेवा पाएका छन् । अपाङ्गता नीति कार्यान्वयनका लागि विस्तृत कार्ययोजना मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।
भक्तपुर, मोरङ, कास्की र बाँकेका बाल सुधार गृहहरूको मर्मत सम्पन्न भइसकेको छ। अबदेखि यी चारवटा सुधार गृह सरकारद्वारा सञ्चालन गरिनेछ । ढकालटारमा नयाँ सुधार गृह भवन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
बाल विवाह अन्त्य रणनीति २०८२ मन्त्रिपरिषद्मा पेश गरिएको छ भने मानव बेचबिखन तथा बालबालिका सम्बन्धी ऐन संशोधनका लागि विधेयक प्रतिनिधिसभामा दर्ता भइसकेका छन् ।
सडक बालबालिका मुक्त अभियान अन्तर्गत विशेष संरक्षण निर्देशिका स्वीकृत भइसकेको छ । सरकारले नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्न लागेको छ ।
हिंसा पीडित महिलाको दीर्घकालीन पुनस्र्थापनाका लागि मंगला सहाना केन्द्रमा १८ जनालाई सेवा दिइएको छ। महिलाविरुद्धको हिंसा अन्त्यका लागि ‘सोंच’नामक टेलिश्रृङ्खला निर्माण गरी नेपाल टेलिभिजनबाट प्रशारण गरिएको छ ।
साथै, सातौं महिला अधिकार दिवसका अवसरमा सातै प्रदेशका एक÷एक जना महिला उद्यमीलाई कदरपत्र र नगद रु १ लाख प्रदान गरिएको छ ।
समाज कल्याण परिषद्मार्फत ६१ अर्ब ९७ करोड बराबरको वैदेशिक सहयोग स्वीकृत गरिएको छ । पाँच वर्षको अवधिमा २६९५ वटा परियोजनाका लागि झण्डै ४१ अर्ब रूपैयाँ बराबरको कार्यक्रम स्वीकृत गरिएको छ ।
त्यस्तै, नेपाल प्रहरी अन्तर्गतका ११ वटा सेवा केन्द्र र ३ दीर्घकालीन पुनस्र्थापना केन्द्र निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
मन्त्रालयले १७ वटा संघीय मन्त्रालयका भवनहरूको पहुँच परीक्षण कार्य सम्पन्न गरी प्रतिवेदन सम्बद्ध निकायलाई कार्यान्वयनका लागि पठाएको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा मन्त्रालयको कुल बजेट १ अर्ब ३० करोड रुपैयाँमध्ये ५०.१६ प्रतिशत खर्च भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।