लोकतन्त्र बलियो बनाउन पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काइएन: महासचिव पोखरेल
२०८२ श्रावण ७ बुधवार
- पूर्वराष्ट्रपति भण्डारी राजनीतिकमा सक्रिय हुने दलीय कोणबाट मात्र नहेरेर समग्र राष्ट्रको लोकतान्त्रिक र भविष्यसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो ।
काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा नफर्काइएको बताएका छन् ।
पार्टीको प्रचार तथा प्रकाशन विभागले आज यहाँ आयोजना गरेको पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक कार्यक्रममा उनले पूर्वराष्ट्रपति भण्डारी एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने बताए।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिकमा सक्रिय हुने दलीय कोणबाट मात्र नहेरेर समग्र राष्ट्रको लोकतान्त्रिक र भविष्यसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो । “उहाँ हाम्रो पार्टीको आन्दोलनमा आउँदा हामीलाई फाइदा पनि पुग्थ्यो होला । तर लोकतन्त्रको मूल्यलाई कमजोर बनाएर दललाई बलियो बनाउने कुरा राम्रो होइन”, महासचिव पोखरेलले भने, “लोकतन्त्रको मूल्य स्थापित गर्ने कुरा लोकतान्त्रिक पार्टीको कर्तव्य हो भनेर बुझ्नुपर्दछ । स्वाभाविक रूपमा प्रभावशाली व्यक्ति पार्टीमा जोडिने कुरा पार्टीका लागि लाभको विषय हुनसक्ला तर राष्ट्रका लागि केही हुन्छ भन्ने कोषबाट पनि हामीले सोच्नुपर्दछ ।”
महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारी आफैँ राजनीतिमा सामेल नभएर राजनीतिकको अभिभावकको भूमिमा रहनुपर्ने बताए।
“राजनीति बिग्रन थाल्यो भने सपार्ने हो तर आफैँ दलीय राजनीतिकमा आउने होइन । लोकतन्त्रलाई सही दिशामा अघि बढाउने कुरामा उनको भूमिका रहन्छ, उहाँ घरमा चुप लागेर बस्नुुहुन्छ भनेर पार्टीको अपेक्षा होइन”, महासचिव पोखरेलले भने, “उहाँले मुलुकलाई सही दिशा दिन सक्नुहुन्छ । सामाजिक भूमिकामा सक्रिय बन्न सक्नुहुन्छ भन्ने पार्टीले अपेक्षा गरेको छ ।”
पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकले संवैधानिक राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च संवैधानिक ओहोदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने मान्यतामा उभिएर त्यस्तो अभ्यास गर्न नहुने निर्णय गरेको जानकारी दिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।