जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त छन्’
२०८२ श्रावण ७ बुधवार
- धबार प्रतिनिधि सभाको बैठकमा उनले मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउने गरेको भन्दै जनता भने सामान्य पानी पनि खान नपाउने अवस्थामा रहेको बताए ।
काठमाडौं : आम जनता पार्टीका अध्यक्ष एंव सांसद प्रभु साहले तराईका जनताहरुले सामान्य पानी पनि खान नपाउने अवस्था आएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउने गरेको भन्दै जनता भने सामान्य पानी पनि खान नपाउने अवस्थामा रहेको बताए ।
उनले भने, ‘तराई मधेशमा खानेपानीको हाहाकार छ । अवस्था काकाकुल छ, पानी पानी भन्दा भन्दै जनताहरु थाकि सकेका छन् । सुन्नेहरुको कान पनि पाकि सकेको छ ,तर सरकारले सुनेको छैन् । म सरकारलाई सोध्न चाहान्छु खाने पानी दिने हो की होईन् ।
खानेपानी दिने हो भने कहिले दिने हो भन्ने कुरा जान्न चाहान्छु । सरकारका मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउनु हुन्छ तर जनताले सामान्य पानी पनि खान पाएको छैन् ।’
यस्तै, उनले खानेपानी सँगै मलको जिम्मेवारी पनि सरकारको भएपनि आजसम्म किसानले मल नपाएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’