सरकारी कार्यक्रममा निलम्बनमा परेकाहरु उपस्थिती हुनु संसदको अवमूल्यन हो : माधव सापकोटा

२०८२ श्रावण ७ बुधवार
सारांश
  • केही दिन अघि सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यक्रमको आयोजना गरी टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेत प्रमुख अथितिको रुपमा उपस्थित भएका थिए ।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निलम्बनमा परेका र कानूनीरुपमा मुद्धा लागेका मानिसलाई सरकारी कार्यक्रमको प्रमुख अथिति बनाउदाँ संसदको अवमूल्यन हुने बताएका छन् ।

 

केही दिन अघि सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यक्रमको आयोजना गरी टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेत प्रमुख अथितिको रुपमा उपस्थित भएका थिए ।

 

बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै सांसद सापकोटाले सरकारी कार्यक्रममा बस्नेतको उपस्थिती संसदको अवमूल्यनका साथै नैतिकता र जन विश्वासमाथि ठूलो हमला भएको बताए ।

 

उनले भने,‘यही संसदले सार्वजनिक पद अवलम्वन गरेको हो । सरकारी कार्यक्रममा निलम्बनमा परेका र कानूनीरुपमा मुद्धा समेत लागेका मानिस प्रमुख अथितीको रुपमा आमत्रण गर्नु भनेको संसदको समेत अवमूल्यन हो साथै शासन प्रणाली, नैतिकता र जन विश्वासमाथि ठूलो हमला हो । त्यसैले गृहमन्त्रालयले यसको बारेमा आधिकारीक धारणा के हो जान्न चाहान्छु ।’

 

उनले संसदका सदस्यहरुले घुस काण्डको अडियो बाहिर आउनुसम्म पनि सुनुवाइ नभएको प्रति दुख व्यक्त गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार