'श्रमजीवि पत्रकारले पारिश्रमिक नपाए काउन्सिलमा उजुरी दिने व्यवस्था होस’
२०८२ श्रावण ६ मङ्गलवार
- मंगलबार बसेको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले श्रमजीवि पत्रकारहरु समस्यामा परेको भन्दै काउन्सिलमा उजुरी दिने व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।
काठमाडौं: राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा काउन्सिलमा उजुरी दिने व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् ।
मंगलबार बसेको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले श्रमजीवि पत्रकारहरु समस्यामा परेको भन्दै काउन्सिलमा उजुरी दिने व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्,‘ यस विधेयकको दफा १९ को १ मा श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा वा यसको संशोधन दफा ५ को संशोधनसँग सम्बन्धित छ । श्रमजीवि पत्रकारको पारिश्रमिक पाए नपाएको काउन्सिलले अनुगमन गरेपश्चात नपाएको अवस्थामा प्रस्ताव आवश्यक छ । श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा काउन्सिलमा उजुरी दिने व्यवस्था गर्न आवश्यक छ । श्रमजीवि पत्रकारहरुको विषयका उल्लेख नभएको र उहाँहरु समस्यामा परिरहेको देखिरहेका छौ । त्यसकारण मैले यो संशोधन राखेको छु ।’
उपाध्यक्ष घिमिरेले विधेयकले साइबर अपराध नियन्त्रणका लागि कानुनी आधार निर्माण गर्ने विश्वास व्यक्त गर्दै आवश्यक परिभाषा, व्याख्या र संशोधनमार्फत विधेयकलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गरिन् ।
समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’