बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ : सभापति देउवा
२०८२ श्रावण ६ मङ्गलवार
- मंगलबार काठमाडौंमा बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको बीपी विचार विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै उनले कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताए ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको बीपी विचार विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै उनले कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताए ।
उनले भने, ‘बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन पनि हो । राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ । बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा नै गुज्रियो । उहाँको त्याग, योगदान, स्थापित मूल्य मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो ।’
त्यस्तै उनले बीपी कोइराला सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्ने कुरामा अडिग व्यक्ति भएको धारणा राखे ।
‘बीपी कोइराला सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्ने कुरामा अडिग हुनुहुन्थ्यो । जुन अहिले अझ सान्दर्भिक हुन पुगेको छ ।’ उनले भने,
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कम्युनिष्टहरुले आक्रमण गर्दा कांग्रेसका नेताहरु बोल्न नसकेकोमा दुःख लागेको बताए ।
कुलिङ अफ पिरियडमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गरेको आरोप लगाउँदै उनले त्यस विषयमा कांग्रेस नेतृत्व बोल्न नसकेको बताएका हुन् ।
उनले भने, ‘कांग्रेसको कोर भ्यालुमा एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ । हामी बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले पनि हामीहरुले भन्न सक्नुपर्छ, सभापतिले प्रधानमन्त्रीलाई राखेर भन्न सक्नुपर्छ । यो स्वीकार्य हुन्न, फटाफट गर्नुस् भन्नुपर्छ । गल्ती हामीबाट पनि भएको छ । राज्य व्यवस्थाको पनि गल्ती छ सभापतिले किन हेरेन ? तर सच्याउने नाममा अहिले राष्ट्रिय सभामा एमालेका सांसदले कांग्रेसको कोर भ्यालुजमा अट्याक गरेको हो कि होइन ? यो हामीले बुझ्न जरुरी छ ।’
त्यस्तै, उनले देउवाले टेक एण्ड पे मा अडान लिए जस्तै कुलिङ अफ पिरियडका विषयमा पनि अडान लिन आवश्यक रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’