बीपीले राजनीति र परिवारलाई उत्तिकै महत्व दिनुहुन्थ्यो: डा.शशांक कोइराला

२०८२ श्रावण ६ मङ्गलवार
सारांश
  • मंगलबार काठमाडौंमा बीपी स्मृति दिवसको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा बोल्दै उनले राजनीतिक व्यस्तता र सोही अनुसारको जीवनशैलीका बाबजुत पनि बीपीले आफ्नो परिवारलाई समय दिएर धेरै ख्याल राख्ने गरेको स्मरण गरे ।

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले बीपी कोइरालाको राजनीतिक जीवनसँगै पारिवारीक सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । 


मंगलबार काठमाडौंमा बीपी स्मृति दिवसको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा बोल्दै उनले राजनीतिक व्यस्तता र सोही अनुसारको जीवनशैलीका बाबजुत पनि बीपीले आफ्नो परिवारलाई समय दिएर धेरै ख्याल राख्ने गरेको स्मरण गरे । 


उनले भने,‘बीपी कोइरालालाई जहिल्यै मेरो पढाइको चिन्ता हुन्थ्यो । उहाँको राजनीतिक जीवन त राम्रो छँदै थियो, अर्को पारिवारिक जीवन पनि त्यत्तिकै महत्वपूर्ण थियो । उहाँले आफ्ना छोराछोरीलाई मात्र भन्दा पनि अरुको छोराछोरीलाई पनि उत्तिकै माया गर्नुहुन्थ्यो ।’


त्यस्तै उनले राजनीति एउटा अन्यौलता रहेको भन्दै अन्यौलतामा रमाउन सक्नेले मात्र राजनीति गर्न सक्ने धारणा राखे । 


उनले भने,‘मलाई धेरैले सोध्नुहुन्थ्यो–तँ डाक्टर मान्छे राजनीतिमा रुची होला त भनेर । राजनीति भनेको अन्यौलता रहेछ । सोचेको हुन्छ एउटा गइदिन्छ अर्को बाटोतिर । जसले त्यसमा रमाउन सक्छ, उसले नै राजनीति गर्ने हो रहेछ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार