विकासका नाममा मानिसहरुलाई जबरजस्ती निष्कासन गरियो : एम्नेस्टी इन्टरनेसनल
२०८२ श्रावण ६ मङ्गलवार
- संविधान र आवासको अधिकारसम्बन्धी ऐन, २०७५ मा व्यवस्था गरिएका प्रावधानहरूको कार्यान्वयनका लागि आवश्यक नियमावलीका कमजोरीहरू सम्बोधन गर्न मंगलबार एक कार्यक्रम गरि प्रतिवेदन सार्वजनिक गरेको हो ।
काठमाडौं : एम्नेस्टी इन्टरनेसनल नेपालले ‘कहीं जाने ठाउँ छैन : नेपालमा जबरजस्ती निष्कासन’ शीर्षकको प्रतिवेदन सार्वजानिक गरेको छ ।
संविधान र आवासको अधिकारसम्बन्धी ऐन, २०७५ मा व्यवस्था गरिएका प्रावधानहरूको कार्यान्वयनका लागि आवश्यक नियमावलीका कमजोरीहरू सम्बोधन गर्न मंगलबार एक कार्यक्रम गरि प्रतिवेदन सार्वजनिक गरेको हो ।
एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले यो प्रतिवेदनले नेपालको विविध भौगोलिक क्षेत्र र निष्कासनका स्वरूपहरूको प्रतिनिधित्व गर्ने बताए ।
उनले भने, ‘हामीले ६ वटा निष्कासन स्थल भ्रमण गरेका थियौ । गत वर्ष काठमाडौं, सिरहा, मोरङ, सुनसरी, झापा, धनुषा र कैलालीलगायत नेपालका विविध ठाउँहरुको अवलोकन गरेका थियौ । त्यहाँका बस्तुगत स्थिती र उहाँहरुको भनाई लिएका थियौ । यो प्रतिवेदनमा समग्रमा यी घटनाहरूले नेपालको विविध भौगोलिक क्षेत्र र निष्कासनका स्वरूपहरूको प्रतिनिधित्व गर्दछन् ।’
उनले शहरी क्षेत्रहरूमा विकास परियोजनाका कारण मानिसलाई निष्कासनमा पारिएको बताए ।
‘कतिपय अवस्थामा शहरी क्षेत्रहरूमा विकास परियोजनाका कारण मानिसलाई निष्कासनमा पारिएको छ भने अन्यमा सामुदायिक वन र राष्ट्रिय निकुञ्जजस्ता संरक्षण क्षेत्रहरूमा जबरजस्ती निष्कासन गरिएको छ,’ उनले भने ।
उनले नेपालको संविधानले मौलिक हकमा सुरक्षित आवासको व्यवस्था गरेको भन्दै हक कार्यान्वयन गर्न बनेको आवासको अधिकारसम्बन्धी ऐन, २०७५ मा त्रुटि भएको बताए ।
उनले भने,‘ नेपालको संविधानले फराकिलो दायरामा मौलिक हकको व्यवस्था गरेको छ । मौलिक हक अन्र्तगत धारा ३७ मा आवासको अधिकार सुनिश्चित भएको अवस्था छ । पछि त्यो हकलाई कार्यान्वयन गर्न २०७५ मा आवासको अधिकारसम्बन्धी ऐन जारी भएको छ त्यो ऐनका केही त्रुटिहरु भएको छ । त्यसको नियमावलीहरु कमजोर छन् । कानूनी प्रतिवद्धता त छन् तर वास्वविकता अर्कै छन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।