संस्कृति नीतिमार्फत संस्कृतिको क्षेत्रलाई नयाँ दिशा दिन सकिन्छ : मन्त्री पाण्डे

२०८२ श्रावण ५ सोमवार
सारांश
  • सोमबार काठमाडौंमा आयोजित गायक स्व.अरुण थापा मगरको २६ औं स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान कार्यक्रममा उनले संस्कृति नीति कार्यान्वयनमा आउने हो भने यसले संस्कृतिलाई रक्षा र संरक्षण गर्ने काममा सहज हुने भन्दै यो संविधान बनेपछि बन्ने संस्कृति नीतिले नेपाललाई त्यो दिशातर्फ लाने बताए ।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नयाँ संविधान बनेपछिको संस्कृति नीतिले संस्कृतिको क्षेत्रमा नयाँ दिशा दिने बताएका छन् ।

 

सोमबार काठमाडौंमा आयोजित गायक स्व.अरुण थापा मगरको २६ औं स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान कार्यक्रममा उनले संस्कृति नीति कार्यान्वयनमा आउने हो भने यसले संस्कृतिलाई रक्षा र संरक्षण गर्ने काममा सहज हुने भन्दै यो संविधान बनेपछि बन्ने संस्कृति नीतिले नेपाललाई त्यो दिशातर्फ लाने बताए ।

 

उनले भने, ‘म यो सरकारको मन्त्री भएपछि संस्कृति नीतिलाई मन्त्रिपरिषद्मा पु¥याएका छौ । त्यो नीति बाहिर कार्यान्वयनमा आउना साथ संस्कृतिहरुलाई मूलधारमा ल्याउने, त्यसको रक्षा र संरक्षण गर्ने काममा तत्परताका साथ लाग्छौ र त्यसका लागि वातावरण नयाँ नीतिले बनाउछ । प्रजातन्त्र र लोकतन्त्र आएपछि र यो संविधान बनेपछि बन्ने संस्कृति नीतिले हामीलाई त्यो दिशातर्फ लान्छ ।’

 

यस्तै, उनले संसारभरका मानिसका लागि नेपाल हेर्न र अध्ययन गर्न मिल्ने खालको खुला संग्रहालयको रुपमा रहेको पनि बताए ।

 

उनले भने, ‘संस्कृतिको काम भनेको देखिदैँन्, अभौतिक कुरा हुन्छ । तर संस्कृती भित्र नै सबै कुराहरु छन् । भाषा, भेषभूषा, खाना सबै हाम्रो संस्कृति भित्रै पर्ने कुरा हो । संस्कृतिको पाटो यति विशाल छ कि पर्यटन र उड्डयनको कुरामा म जान्न, संस्कृतिको पाटोमा हामी यति धेरै समृद्ध छौ । संसार भरका मानिसका लागि नेपाल हेर्न र अध्ययन गर्न मिल्ने खालको खुला संग्रहालयको रुपमा छ । हाम्रो प्रत्येक जातीले बोल्ने भाषा फरक छन् र ती भाषाहरुले बोलेको आफ्नै साहित्य छ ।

 

साथै, पछिल्लो समयमा भाषा अध्ययन गर्नको लागि ल्याबको व्यवस्था गरेको पनि उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार