‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’
२०८२ श्रावण ५ सोमवार
- उनले एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोदेखि सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको भेटबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् ।
च्यासलमा जारी बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा नै भेटघाट भएको जनाइएको छ । उनले एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोदेखि सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा नै हिजो पार्टी कार्यालयमा भेट भएको हो । भेटका क्रममा एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोबारे र सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको छ ।’
त्यस्तै बैठकमा ओलीले मिसन ०८४ एमालेलाई निर्णायक शक्ति बनाउनेगरी पार्टीपंक्तिलाई प्रस्तुत हुन निर्देशन दिए ।
गौतमले भने, ‘पार्टीकको सिंगो पंक्तिलाई एउटा निर्णायक शक्ति बनाउनेगरी मिसन ८४ मा प्रस्तुत हुनुपर्ने भएकोले पार्टीमा कुनै वैचारिक र नीतिगत विभाजन नभएको हुनाले कुनै मतभेद भए खुलस्त गर्न निर्देशन दिनुभएको छ ।’
बैठकमा चौतर्फी आक्रमणबाट पार्टीलाई जोगाउनको लागि सिंगो पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा ओलीले राखेको उनले जानकारी गराए ।
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने विषयमा आफ्नो तर्फबाट अहिले चलिरहेको अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको बताउँदै उनले पार्टी सदस्यताका विषयमा पनि धेरै विवाद गर्नुपर्ने नभएकाले आवश्यक छलफल गरेर केन्द्रीय कमिटीबाटै निर्णय लिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।