अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत नेपालीहरुले प्रतिभा देखाउन अवसर पाएका छन् : सभामुख
२०८२ श्रावण ०४ आईतवार
- विभिन्न मुलुकबाट नेपाल आएका कलाकारहरूसँगको कार्यक्रममा उनले नेपाली कला, संस्कृति र संस्कारको महत्वमाथि जोड दिएका हुन् ।
काठमाडौं : सभामुख देवराज घिमिरेले इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’मा सहभागी कलाकारहरूसँग साक्षात्कार गरेका छन् ।
विभिन्न मुलुकबाट नेपाल आएका कलाकारहरूसँगको कार्यक्रममा उनले नेपाली कला, संस्कृति र संस्कारको महत्वमाथि जोड दिएका हुन् ।
सभामुख घिमिरेले भने, ‘हामी जुन मुलुकमा जन्मियौं, त्यसको एउटा पहिचान हाम्रा संस्कार, संस्कृति, कला र साहित्य हुन् । यी सबैले हामीलाई संसारको जुन ठाउँमा भए पनि आपसमा जोडिराख्छ ।’
उनले अन्तर्राष्ट्रिय नेपाली रियालिटी शोले नेपाली युवाहरूमा रहेको प्रतिभालाई उजागर गर्ने अवसर दिएको बताए । ‘यो प्लेटफर्मले प्रतिभा विकाससँगै अन्य विविध क्षेत्रको विकासमा पनि टेवा पुर्याउँछ । साथै, संसारभर छरिएर रहेका नेपालीहरूलाई नेपालीपनको परिचय दिने काम पनि यसले गरिरहेको छ,’ उनले भने ।
सभामुख घिमिरेले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक पहिचानमार्फत चिनाउन सकिने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा शोमा सहभागी भएका विभिन्न मुलुकका कलाकारहरूको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।