राष्ट्रिय विधि, विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ, हस्तक्षेप गर्दैन : मन्त्री पन्त

२०८२ श्रावण ०४ आईतवार
सारांश
  • आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा सरकारले लगानी गर्ने तर हस्तक्षेप नगर्ने बताएका हुन् ।

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् । 


आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा सरकारले लगानी गर्ने तर हस्तक्षेप नगर्ने बताएका हुन् । 


मन्त्री पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमा आएका प्रस्तावहरु ठिक रहेको धारण व्यक्त गरे । 


उनले भने,‘ ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिकी काममा मन्त्रालयले हस्तक्षेप नगर्ने ढङगले काम गर्छ । तर यसमा लगानी नेपाल सरकारले गर्ने रसरकारसँग सम्बन्धित विभिन्न निकायका कामहरु पनि यसले गर्ने भएको हुँदा जे यसमा आएको छ त्यो नै प्रमुख विषय हो । अरु शैक्षिक संस्था जस्तो होइन् । विधेयकमा जे प्रस्तावित भएको छ त्यो ठिकै छ ।’


उनले विज्ञान प्रयोगशाला आफंैमा मंहगो हुने भन्दै सातवटा प्रदेशहरुमा पनि आवश्यकता रहेको बताए । 


‘विज्ञान प्रयोगशाला मंहगो हुन्छ । यसका सामग्रीहरु मंहगो हुन्छन् । त्यसैले यो प्रदेशहरुमा पनि जानुपर्छ,’ उनले भने । 


यस्तै समितिका सदस्य बेदुराम भुसालले विधेयक बनाउँदा नियमावली, कार्यनीति स्पष्ट हुनुपर्ने बताए । उनले ऐनमा नभएकालाई नियममा नियममा नभएको कुरा विनियम बनाएर सुविधा खाने गरेको पनि बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार