भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ: सभापति देउवा

२०८२ श्रावण २ शुक्रवार
सारांश
  • “विभिन्न भाषाभाषीहरू छन्, सुन्दरता हाम्रो मौलिकता हो, नेपाल सुन्दर छ, सम्पूर्ण आदिवासी जनजातिलाई कांग्रेसमा समाहित गराउन के गर्नुपर्छ हामी त्यो गर्न तयार छौँ”, सभापति देउवाले भने ।

पाटन (ललितपुर), २ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाउने काम गरेको बताएका छन् ।

 

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यसमितिद्वारा २८औँ स्थापना दिवसका अवसरमा कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मन्तव्य राख्दै सभापति देउवाले विभिन्न जातजातिका पहिचानलाई जोगाउँदै पहिचानसहितको राष्ट्र बनाउने कार्यले नेपाललाई सुन्दर बनाउने विश्वास व्यक्त गरे।

 

“विभिन्न भाषाभाषीहरू छन्, सुन्दरता हाम्रो मौलिकता हो, नेपाल सुन्दर छ, सम्पूर्ण आदिवासी जनजातिलाई कांग्रेसमा समाहित गराउन के गर्नुपर्छ हामी त्यो गर्न तयार छौँ”, सभापति देउवाले भने ।

 

कांग्रेसका सहमहामन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयले संस्कृतिसम्बन्धी नीति मन्त्रिपरिषद्मा पेस गरेको जानकारी उक्त नीति चाँडै पास हुने बताए। उनले प्रत्येक जातजाति, भाषाभाषीका कला, संस्कृति, नेपालको जातीय र भाषिक विविधतालाई विश्वले महत्त्व दिएको भन्दै आदिवासी जनजातिका संवेदनशीलतालाई बुझेर संस्कृतिसम्बन्धी नीति बनाउने प्रतिबद्धता व्यक्त गरे।

 

“संस्कृति भौतिक र अभौतिक दुवै हो, अभौतिक सम्पदा सूचीकरणका लागि एक सय पाँचवटा निवेदन पेस भएका छन्”, उनले भने । मन्त्री पाण्डेले भाषा आयोगको प्रतिवेदनले एक सय ३१ वटा भाषा रहेको तथ्याङ्क प्रस्तुत गरेको छ भन्दै देशभरका विभिन्न निकायले भौतिक सम्पदा र अभौतिक सम्पदालाई जोगाउनुपर्छ भन्नेमा जोड दिए।

 

कांग्रेसका केन्द्रीय सदस्य जीपछिरिङ शेर्पाले नेपालमा रहेका एक सय २४ जातजातिको भाषा, धर्म, संस्कृति, सभ्यता, संस्कार र पहिचानलाई संरक्षण गर्न राज्यको नीतिगत व्यवस्था तयार गर्न कांग्रेसले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

पार्टीका केन्द्रीय सदस्य एवं पार्टीको आदिवासी जनजाति विभागका प्रमुख दिलमान पाख्रिनले श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम संविधानमा आदिवासी जनजाति, महिला, दलित र श्रमजीवी वर्गको हक अधिकार सुनिश्चित भएको भन्दै जाति, भूगोल, भाषा र भेषको आधारमा पहिचान, प्रतिनिधित्व र पहुँचमा पुर्याउन नेपाली कांग्रेसले नै उत्कृष्ट भूमिका निर्वाह गरेको बताए।

 

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनताको आर्थिक समृद्धिका साथै हितका लागि निरन्तर काम गर्ने पार्टी कांग्रेस भएको भन्दै देशलाई समृद्धिको बाटोमा लैजान आदिवासी जनजातिहरूको भूमिका महत्त्वपूर्ण भएको बताए।

 

महासमिति सदस्य ग्याल्जेन शेर्पाले कांग्रेसमा सबै आदिवासी जनजाति अटाउन सक्ने अवस्था रहेको बताए। देशभित्र आदिवासी जनजातिहरूको जनसङ्ख्या ३७ प्रतिशत हिस्सा रहेको भन्दै सरोकारवालाले जनसङ्ख्याका आधारमा राज्यको हरेक तहमा प्रतिनिधित्व, राजनीतिमा पहुँच पुर्याउन ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार