युद्ध र रगत बगाएर मात्र समाजवाद प्राप्त हुँदैन: वामदेव गौतम
२०८२ श्रावण २ शुक्रवार
- उनले भावुक हुँदै आज एकीकृत समाजवादीसँग एकता गर्दा खुशी लागेको भन्दै एकताको लागि चार वर्ष समय लागेको बताए ।
काठमाडौं: नेता वामदेव गौतमले युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीहरुले सोचेको जस्तो समाजवाद प्राप्त नहुने बताएका छन् ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता घोषणा सभामा बोल्दै उनले रगत बगाएर मात्र समाजवाद प्राप्त नहुने बताएका हुन् ।
उनले भने, ‘युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीले सोचेको समाजवाद प्राप्त हुन्छ भन्नेमा म छैन । त्यही भएर नै हामीले नेपालको संविधानमा लोकतान्त्रिक, मूल्यमान्यतामा आधारित समाजवाद भनेका छौ । हामी जाने त्यही बाटोमा हो र त्यही निर्माण गर्ने हो । त्यो नभएकाले सोभियत संघ असफल भयो र पूँजीवाद पुनःस्थापना भयो ।’
उनले भावुक हुँदै आज एकीकृत समाजवादीसँग एकता गर्दा खुशी लागेको भन्दै एकताको लागि चार वर्ष समय लागेको बताए ।
‘म ज्यादै खुशी भएको छु । मैले धेरै कुरा व्यक्त गर्न सक्दिन् । किनभने नेकपा एकीकृत समाजवादीमा एकीकृत हुनका निम्ति आजभन्दा चार वर्ष पहिलेदेखि यात्रा सुरु गरें । तर पूरा भएको थिएन् । मेरो पार्टी अफिस स्यम्भूमा छ, त्यहाँबाट समाजवादीको पार्टीसम्म आइपुग्न चार वर्ष लाग्यो । आज मैले भने जसरी एकीकृत भएका छौं,’ उनले भने ।
कार्यक्रममा बोल्दै सम्मानित नेता झलनाथ खनालले देश अहिले चौतर्फी राजनीतिक संकटमा परेको औंल्याए । उनले अहिलेको सरकारले जनताको हितमा काम नगरेको बताए ।
‘आज हामी चौतर्फी राजनीतिक संकट छौं । दुईवटा हात्ती जस्ता पार्टी हौं भन्नेहरु सरकारमा छन् । भर्खरै नीति कार्यक्रम ल्याए बजेट ल्याए । तर नीति र कार्यक्रममा नेपाली जनता र नेपाल राष्ट्रको हित केहीपनि छैन् । त्यसैले देश आज भयावह राजनीतिक संकटमा छ ।’
उनले नेतृत्वमा भएका मन्त्रीहरु भष्ट्राचारका खाडलमा फस्दै गएकाले देश आर्थिक संकटमा परेको समेत बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’