- उनले यसबीचमा भएका राम्रो कामको सरहना गरी धन्यवाद दिनुको सट्टा मन्त्रीकै चरित्रमाथि आँच पु¥याउने काम भएकामा खेद व्यक्त गरे ।
काठमाडौँ, १ साउनः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको बताए ।
वार्षिक उपलब्धिसम्बन्धी जानकारी दिने उद्देश्यले मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले केही दिनदेखि आफ्नो र परिवारका सदस्यकोसमेत नाम जोडी सुनियोजित ढङ्गबाट ‘अडियो रेकर्ड’ सार्वजनिक भएकामा आपत्ति व्यक्त गरे।
भूमिसुधारमन्त्री अधिकारीले आवश्यक ऐन, नियम, कानुनसहित कार्यसंयन्त्र निर्माण गरी देश र जनताका पक्षमा राम्रो काम गरिरहेको मन्त्रीका विषयमा यस किसिमको अफवाह फैलाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सो ‘अडियो रेकर्ड’का विषयमा यथार्थ छानबिन होस् भन्ने पक्षमा आफू रहेको स्पष्ट गरे।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको एक वर्षको अवधिमा भूमि व्यवस्था, सहकारी र गरिबी निवारणका क्षेत्रमा धेरै राम्रा काम दाबी गर्दै उनले यसबीचमा भएका राम्रो कामको सरहना गरी धन्यवाद दिनुको सट्टा मन्त्रीकै चरित्रमाथि आँच पु¥याउने काम भएकामा खेद व्यक्त गरे ।
विवादित उक्त ‘अडियो रेकर्ड’ र जग्गा प्रकरणका सन्दर्भमा सत्यतथ्य समाचार बाहिर ल्याउन आमसञ्चरकर्मीसँग अनुरोध गर्दै मन्त्री अधिकारीले भने, “चरित्र हत्या गर्ने उद्देश्यका साथ अडियो रेकर्ड सार्वजनिक भएको छ ।
आफूसहित परिवारका सदस्यलाई जोडेर सार्वजनिक गरिएको ‘अडियो रेकर्ड’का बारेमा यथार्थ छानबिन होस् । जिम्मेवार आमसञ्चारमाध्यमले पनि विषयको गहिराइमा पुगेर सत्यतथ्य समाचार सम्प्रेषण गरिदिनुपर्यो । त्यसमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छु ।”
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।