नेपालमा लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ : मन्त्री भण्डारी
२०८२ असार ३२ बुधवार
- बुधबार काठमाडौंमा आयोजित महत्वपूर्ण व्यवसायिक व्यक्तिको सम्मान एवं सुशोभन समारोहमा उनले पछिल्लो समय लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको भन्दै अब नेपाली वस्तुलाई निर्यात गर्ने र आयातलाई प्रतिस्थापन गर्ने तहमा अगाडि बढ्ने बताए ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपालमा आयातलाई प्रतिस्थापन गर्ने तहको सम्भावनाहरु भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित महत्वपूर्ण व्यवसायिक व्यक्तिको सम्मान एवं सुशोभन समारोहमा उनले पछिल्लो समय लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको भन्दै अब नेपाली वस्तुलाई निर्यात गर्ने र आयातलाई प्रतिस्थापन गर्ने तहमा अगाडि बढ्ने बताए ।
उनले भने, ‘हाम्रो उत्पादनले बजार पाउने कुरामा समस्या छ, उद्योगहरुले जटिल अवस्थामा उद्योग सञ्चालन गरिरहेका छन् । र त्यसको बजार नेपाली बजार मात्र होईन, अन्तराष्ट्रिय बजार पनि हुनुपर्छ तर हामीले सामान निर्यात गर्न धेरै जटिलताहरु छन् । हामी सबैभन्दा बढि यसमा केन्द्रीत भएर लागि रहेका छौ । आज हाम्रो लगानी, सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ । हामी अब वस्तुलाई निर्यात गर्ने तहमा, आयातलाई प्रतिस्थापन गर्ने तहमा हाम्रा सम्भावनाहरु छन् ।’
उनले व्यवसायीहरुको आशा र अपेक्षालाई पूरा गर्ने गरि मन्त्रालयले काम गर्ने तयारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
यस्तै, उनले नेपालको अर्थतन्त्रमा समस्या आईरहेको बेलामा पनि सफलतापूर्वक व्यापार व्यवसाय गर्ने सबैलाई धन्यवाद दिदैँ सम्मानित भएका व्यक्तित्वहरुलाई आगामी यात्रा र सफलताको लागि शुभकामना पनि दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।