आधुनिक न्याय प्रणाली समृद्ध बनाउन न्यायिक मान्यता जोगाउनु पर्छ : प्रधान न्यायाधीश

२०८२ असार ३२ बुधवार
सारांश
  • बुधबार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधान न्यायालय, २०१० विमोचन कार्यक्रममा उनले आधुनिक न्याय प्रणालीलाई समृद्ध बनाउनको लागि न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदा जोगाउनु पर्ने बताएका हुन् ।

काठमाडौं : प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदालाई सधैँ जोगाउनु पर्ने बताएका छन् । 


बुधबार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधान न्यायालय, २०१० विमोचन कार्यक्रममा उनले आधुनिक न्याय प्रणालीलाई समृद्ध बनाउनको लागि न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदा जोगाउनु पर्ने बताएका हुन् । 


उनले भने, ‘आधुनिक न्याय प्रणालीलाई गर्भिलो र समृद्ध बनाउनु छ भने हाम्रा न्यायिक मान्यता, न्यायिक सभ्यता, संस्कार, सम्पदा जोगाउनु पर्छ । यसको संरक्षण गर्नै पर्छ ।’


यस्तै, उनले एउटा निश्चित कालखण्डको अभिलेख आफैमा सम्पदा भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए । 


साथै, जति पनि प्रधान न्यायालयसँग जोडिएका फैसलाका अंक र प्रकाशनहरु छन् त्यो एकदमै प्रशंसनिय काम भएको पनि उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार