प्रचण्ड–बाबुरामले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रमा सम्झौता गरे, जनयुद्धलाई धोका दिए’
२०८२ असार ३१ मंगलवार
- काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए ।
काठमाडौं: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए ।
काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए ।
गजुरेलले जनयुद्धमा लिएको उद्देश्य पूरा नहुँदा पश्चगामी र बुर्जुवाहरुले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै भने,‘प्रचण्ड र बाबुरामहरुले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सम्झौता गरेर १० वर्षको महान् जनयुद्धमाथि धोका दिँदा यो अवस्था आयो, हामीले क्रान्तिबाटै जनगणतन्त्र ल्याउन पाएको भए अहिले नत पश्चगामी राजतन्त्रात्मक भूतले टाउको उठाउने मौका पाउँथ्यो नत दलाल पुँजीवादीहरुले देशलाई कंगाल बनाएर असफल बनाउन लागेका छन्,’गजुरेले भने ।
गजुरेलले प्रचण्ड नेतृत्वको माओवादीसहित विभाजित माओवादी धारका पार्टीहरु र संघीय जनगणतान्त्रिक व्यवस्था मान्ने सबै धारहरुसँग सहकार्य र आवश्यक परे एकता गर्न तयार भएको पनि बताए ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले कार्यपत्रमाथि आफ्नो धारणा राख्दै सो कार्यपत्रले विकल्पको खोजी गरेको आफूले पाएको बताए । सुवेदीले राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई मध्यनजर गरेर कार्यक्रम र कार्यनीति ल्याउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पहल गर्नेमा आशावादी भएको बताउँदै भने,‘अब आउने कायनीति र कायक्रमले जनवादी संघीयता दिन्छ कि दिदैन बहसमा जानुपर्छ ।’
नेकपा(मशाल)का प्रवक्ता राम प्रकाश पुरीले कार्यपत्रमा इतिहासको राम्रो व्याख्या रहेको भएपनि अहिले के गर्ने ? हाम्रो कार्यक्रम के हो ? संघीय जनगणतन्त्रमा जाने बाटो के हो लगायतका विषय अस्पष्ट रहेको बताए ।
नेकप (ऋषि कट्टेल)का उपाध्यक्ष शम्भु कट्टेलले कार्यपत्र ठिक भएपनि राजनीतिक लक्ष्य पूरा गर्ने बाटो प्रष्ट नआएको बताए ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य राजकुमार हिङ्वाङले संघीय जनगणतन्त्रको विषयमा व्यापक छलफल र समिक्षा जरुरी रहेको बताए ।
नेकपा(विप्लव) का केन्द्रीय सदस्य चिरञ्जीवी सिले कार्यपत्रले प्रष्टसँग विकल्प दिएको बताउँदै भने,‘पुँजीवादले आफ्नो विकल्प दिएको छ, तर कम्युनिस्टहरुले विकल्प दिन सकेका छैनन्, त्यसका लागि कम्युनिस्टबीचको एकता जरुरी छ ।’
कार्यपत्र प्रस्तोता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य केदार खतिवडाले ‘दलाल संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र’का लागि जनयुद्धको उद्देश्य संसदीय व्यवस्था थिएन, २०६२÷६३को जनआन्दोलनको जनभावना के थियो ? दलाल संसदीय गणतान्त्रीक व्यवस्थाको चरित्र, अहिले जनजीविकामा परेको संकट र संघीय जनगणतन्त्र आजको आवश्यकता उपशिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सो पार्टीका केन्द्रीय सदस्य पेशल दाहालले सञ्चालन गरेका थिए भने अर्का केन्द्रीय सदस्य बन्धुदेव पाण्डेले स्वागत मन्तब्य राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।