सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन: डा.महत

२०८२ असार २९ आईतवार
सारांश
  • निजी क्षेत्रलाई चलायमान बनाउनका लागि पाँच वटा विधेयक संसदबाट पारित भइसकेका छन् भने नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुनहरू पनि बनेका छन् ।

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरिकका लागि सेवा प्रवाहमा अझै सुशासन कायम हुन नसकेको बताएका छन् ।


प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै केही सकारात्मक पक्ष रहेको उल्लेख गरे ।


उनका अनुसार निजी क्षेत्रलाई चलायमान बनाउनका लागि पाँच वटा विधेयक संसदबाट पारित भइसकेका छन् भने नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुनहरू पनि बनेका छन् ।


‘यो सरकारले एक वर्षमा केही राम्रा कुराहरू पनि गरेको छ । निजी क्षेत्रलाई चलायमान गर्नका लागि पाँचवटा विधेयक पारित भएका छन् । अन्य नागरिक सम्बन्धी कानुनहरू पनि बनेका छन्, केही कानुनहरू पारित हुने क्रममा छन्,’ महतले भने ।


तर उनले आम जनताको दैनिक जीवनमा देखिएको ढिलासुस्ती, झमेलालगायत पारदर्शिताको अभावप्रति चिन्ता व्यक्त गरे । ‘आम नागरिकले प्राप्त गर्ने सेवा सुविधाको हकमा अझै त्यहाँ सुशासन भएको छैन। अनेकौं झमेला, ढिलासुस्ती र पारदर्शिताको अभावमा जनताले अझै पनि दुःख पाइरहेका छन्,’ उनले भने ।


प्रवक्ता महतले यस्ता समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार