- जसपा मधेश प्रदेश अध्यक्षमाथि लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन जारी रहने जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले बताए।
रौतहट : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झुठा मुद्धा लगाएको भन्दै नेता तथा कार्यकर्ताहरूले मलंगवा बजार बन्द गराएका छन् ।
उनिहरुले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने र प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग अघि सारेका हुन् ।
जसपा मधेश प्रदेश अध्यक्षमाथि लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन जारी रहने जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले बताए।
उनका अनुसार प्रहरीको ज्यादती विरुद्ध दुई दिने मलंगवा बजार बन्द आह्वान गरेको हो । पहिलो दिन शनिबार बिहानैदेखि मलंगवा बजार बन्द हुनुका साथै यातायात समेत ठप्प छ ।
मलंगवाको विभिन्न स्थानमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले टायर बालेर प्रदशन गरेका छन् । लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन मलंगवा–नवलपुरसँग जोडिएको सहायक राजमार्ग भएर चल्न सकेका छैनन्।
मलंगवा बजार क्षेत्रको कलकारखाना बन्द छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने ठाँउ ठाँउमा प्रहरीको उपस्थिति बाक्लो बनाएको छ । सर्लाही जिल्ला अदालतबाट प्रहरीले जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।
अदालतबाट पक्राउ पूर्जी जारी भएको एक साता बितिसक्दा पनि प्रहरीले यादवलाई पक्राउ गर्न भने सकेको छैन। पूर्व मधेश प्रदेश सभा सदस्य समेत रहेका यादव र एसपी खड्काबिच असार १९ गते राति टेलिफोनमा अपशब्द प्रयोग गर्दै गालीगलौच र बाझाबाझ भएपछी अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
सर्लाही जिल्ला अदालतले यादवविरुद्ध आपराधिक उपद्रो कसुरमा पक्राउ गर्न असार २० गते नै अनुमति दिएको थियो ।
जसपा नेता यादवलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । खोजी रहेका नेता यादव भने आफ्नो सामाजिक सन्जालमा विभिन्न भिडियो पोष्ट गर्ने र संचारमाध्यमलाई अन्तर्वार्ता दिने काम भने गरिरहेकै छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।