सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो: स्वर्णिम वाग्ले
२०८२ असार २५ बुधवार
- अन्य सयौं नेपालीका बारेमा भएको भन्दै यसमा स्पष्ट हुन आवश्यक रहेको बताएका हुन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सोबिता गौतमले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौं नेपालीका बारेमा मात्र प्रश्न उठाएको बताएका छन् ।
बुधबार संसद भवनबाहिर उनले गौतमले उठाएको कुरा प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा नभइ त्यहाँ गएका अन्य सयौं नेपालीका बारेमा भएको भन्दै यसमा स्पष्ट हुन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री गएको कार्यक्रम अर्थात ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गएका अन्य सयौं नेपालीका बारेमा सोबिताज्यूले कुरा उठाउनु भएको हो । प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा उहाँले बोल्नु भएको छैन् । यसमा स्पष्ट हुन आवश्यक छ ।’
बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्ति नबुझेर अपव्याख्या भएको भन्दै एमालेका सांसदहरुले प्रश्न उठाएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’