विधायन समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल
२०८२ असार २५ बुधवार
- बुधबार समितिको ९१ औँ बैठकमा उक्त विषयमा छलफल सम्पन्न भएको हो ।
काठमाडौं : राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल सम्पन्न भएको छ ।
बुधबार समितिको ९१ औँ बैठकमा उक्त विषयमा छलफल सम्पन्न भएको हो ।
सोही क्रममा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा.वेदुराम भुसालले कानुन बनाउने मान्छेले सम्पूर्ण विषय बुझेर मात्र बनाउनु पर्ने बताएका छन् ।
उनले यो राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ ले परिक्षणमा कत्तिको सघाँउछ यसमा सम्पुर्ण कुरा आएको छ छैन, काम कारवाहीमा निष्कर्श हुने गरि आएको छ छैन, यसमा केहि परिमार्जनको आवश्यकता छ छैन सबै कुरा बुझेर अहिलेको न्युनतम आवश्यकता बुझेर मात्र अगाडि बढ्नु पर्ने बताए ।
उनले भने, ‘कानुन बनाउनेले विषय बुझेर बनाउनु पर्छ । त्यसैले अहिले के के गर्छौ यो प्रयोगशालामा र कति प्रकारका परिक्षण गर्छौ । यो नीतिले हामीले गरेका परिक्षणमा कत्तिको सघाँउछ यसमा सम्पुर्ण कुरा आएको छ छैन । हामीले गरेका काम कारबाहिमा निष्कर्श हुनेगरी आएको छ छैन, यसमा केहि परिमार्जनको आवश्यकता छ छैन हामीले बुझनुपर्ने कुराचाँहि त्यो हो, बनाउँदै जाउँला भन्ने अर्को कुरा छ तर अहिलेको न्युनतम आवश्यकता त यसले बुझ्न पर्यो । हामीले अहिले गरेका कामलाई मार्ग दर्शन गर्न त पर्यो नि । कानुन बनाउदाँ या विधेयक बनाउँदा प्रष्ट हुने गरि बनाउन आवश्यक छ । अहिले जुन किसिमको डाटा सुरक्षाको कुरा गरिरहेको छौँ त्यो नेस्नल लेभलको डाटा बनाउन नसकेपनि यसको सुरक्षाको कुरा नगरे पनि यो विधेयक ऐन बनेपछि यसले गर्छ कि गर्दैन त्यो हेर्न आवश्यक छ । सुरक्षा व्यवस्थापनको कुरा मात्र गरेर हुँदैन के को बारेमा सुरक्षा गर्ने पनि खुलाउन पर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।