नेतृ झाँक्रीलाई आत्मालोचनासहित स्पष्टीकरण बुझाउन ७ दिनको समय
२०८२ असार २४ मंगलवार
- आजको बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना (माफी माग्ने) मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए ।
काठमाडौं: नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई लिखित आत्मआलोचना गरी स्पष्टीकरण बुझाउन ७ दिनको समय दिइएको छ ।
मंगलबार बसेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्तिहरु आपतिजनक रहेको भन्दै आत्मआलोचना गर्न ७ दिनको समय दिइएको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।
‘रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्ति अलि आपतिजनक छन् । पार्टी हित विपरीत छन् भन्ने निष्कर्षका आधारमा वहाँलाई अवदेखि यस्ता पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङत्तीलाई भ्रम पार्नेखालको अभिव्यक्तिहरु नदिने प्रतिवद्धता सहित ७ दिन भित्र पार्टीमा लिखित आत्मालोचना गर्ने गरी निर्देशत गर्ने निर्णय गरिएको छ,’ उनले भने ।
आजको बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना (माफी माग्ने) मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए ।
आजको बैठकमा पतञ्जली जग्गा प्रकरणका विषयमा पनि छलफल भएको थियो । पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि लगाइएको मुद्धा राजनैतिक प्रतिशोधका आधारमा लगाइएको र यसका लागि कानूनीरुपमा अगाडि निर्यण भएको ज्वालाले बताए ।
‘पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि लगाइएको मुद्धा राजनैतिक प्रतिशोधका आधारमा आग्रहपूर्व तरिकाले योजनावद्धरुपमा षढयन्त्रमूलक तरिकाले लगाइएको छ । यसमा सिङगो पार्टी र जनसमुदायमा राजनैतिक प्रतिवादी गर्दै अगाडि बढ्ने र कानूनीरुपमा उपचारको निम्ति हामी अगाडि बढ्छौ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।