नवनियुक्त न्यायाधीशहरूले गरे शपथ ग्रहण

२०८२ असार २४ मंगलवार
सारांश
  • मंगलबार नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले सपथ ग्रहण गरेका हुन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन न्यायाधीश नियुक्त गरेका थिए ।

काठमाडौं : सर्वोच्च अदालतमा तीन न्यायाधीशले सपथ लिएका छन् ।

 

मंगलबार नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले सपथ ग्रहण गरेका हुन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन न्यायाधीश नियुक्त गरेका थिए ।

 

मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायधीश प्रकाशमान सिहं राउतले नवनियुक्त न्यायाधीशहरू पौडेल, थापा र पोखरेलले सपथ ग्रहण गराएका हुन् ।

 

न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएका उनीहरुलाई राष्ट्रपतिले नेपालको संविधानको धारा १२९(२) बमोजिम नियुक्त गरेका थिए ।

 

शपथ समारोहमा प्रधानन्यायधीश सिंह राउतले नवनियुक्त न्यायधीशहरु जनताको लागि इमान्दारिताका साथ खटिने आशा गरेको बताए । उनले थप उर्जाका साथ छिटोछरितो रुपले काम गर्ने पनि विश्वास व्यक्त गरे ।

 

‘न्यायिक सेवा छिटोछरितो प्रभावकारी बनाउन सरकारले दिएको दायित्व निर्वाह गर्नुपर्नेछ । संविधानले व्यवस्था गरेको २१ जना मध्ये अहिले हामी २० जना भएका छौं । अब २० जनाले काम गर्दा परिणाम राम्रो आउनेछ । एकदमै उर्जावान न्यायधीशहरुलाई नियुक्त गर्ने अवसर मिलेको छ ।’

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार