हेमबहादुर मल्ल सम्मान पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने
२०८२ असार २४ मंगलवार
- मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी संघका अध्यक्ष मधु रमण आचार्यले हेमबहादुर मल्ल सम्मान २०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने जानकारी गराएका हुन् ।
काठमाडौं :नेपाल जन–प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान–२०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी संघका अध्यक्ष मधु रमण आचार्यले हेमबहादुर मल्ल सम्मान २०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने जानकारी गराएका हुन् ।
श्रेष्ठले न्यायिक नेतृत्व र संस्थागत विकासमा पुरÞ्याएको अनुकरणीय योगदानको लागि सम्मान गर्न लागेको उनले बताए ।
उनको अनुसार अभिनन्दनपत्र सहित नगद दुई लाख रुपैंया सहित विशेष समारोह बीच आगामी २०८२ आषाढ २६ गते सम्मान गरिने छ ।
उनले भने,‘ नेपाल जन–प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ । न्यायिक नेतृत्व र संस्थागत विकासमा पुरÞ्याउनु भएको अनुकरणीय योगदानको लागि उहाँलाई सो सम्मान दिइने भएको हो । उहाँलाई सो सम्मान विशेष समारोह बीच आगामी २०८२ आषाढ २६ गते बिहीबार अर्पण गरिनेछ । सो अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैंया रहेको छ ।’
कल्याण श्रेष्ठ यो सम्मान प्राप्त गर्ने एक्काईसौं व्यक्ति हुनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।