नेकपा एसको सचिवालय बैठक जारी, निर्णय सार्वजनिक गर्ने तयारी
२०८२ असार २४ मंगलवार
- आइतबार बसेको बैठकमा पार्टीका नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न आज (मंगलबार) बिहान ११ बजेदेखि बैठक जारी रहेको सचिवालयले जनाएको छ ।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ ।
आइतबार बसेको बैठकमा पार्टीका नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न आज (मंगलबार) बिहान ११ बजेदेखि बैठक जारी रहेको सचिवालयले जनाएको छ ।
गत आइतबार बसेको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले पुनः आज बैठक बसेको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा आइतबार बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, समाजवादी मोर्चाका गतिविधि, वामपन्थी शक्तिबीच एकतालगायत विषयमा छलफल गरिएको थियो ।
बैठकमा पार्टी नेतृ रामकुमारी झाँक्रीका बारेपनि छलफल गरिएको छ ।
उनले असार १४ गते बुटवलमा आयोजित एक कार्यक्रममा पार्टीको मूल नेतृत्व (अध्यक्ष माधवकुमार नेपाल) लक्षित अभिव्यक्ति दिदैँ अर्ली महाधिवेशन गरेर अर्को नेतृत्व चयन गर्नुपर्ने धारणा राखेकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।