बाबा पाख्रिनलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने : पर्सामा विजय यात्रा सुरु भयो

२०८२ असार २१ शनिवार
सारांश
  • शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय कलाकार बाबा पाख्रिनलगायतका व्यक्तिहरुलाई पार्टीमा स्वागत गरेका छन् । 


शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 


पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले उत्पिडित वर्गको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । 


उनले भने, ‘एकचोटी सबैले हाम्रो वर्गका लागि, समुदायका लागि, उत्पिडित वर्गका लागि एवम जाति सबैको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ 


उनले बाबा पाख्रिन र उनको नेतृत्वमा रहेका व्यक्तिहरु पार्टी प्रवेश गरेपछि पर्सामा विजय यात्रा सुरु भएको समेत बताए । 
साथै कलाकार बाबा प्राख्रिनले युवाहरु राजनीतिका आउनुपर्ने धारणा राखे ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार