विरोध सुरु भएकाले सहकारी नियमन प्राधिकरणले सोचेजस्तो काम गर्न सकेन’

२०८२ असार २१ शनिवार
सारांश
  • शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राधिकरणको सुरुवता नहँुदै विरोध सुरु भएकाले काम गर्न नसकेको बताएका हुन् ।

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबैको माग अनुसार सहकारी नियमन प्राधिकरण बनेपनि प्राधिकरणले चाहेनुसार काम गर्न नसकेको बताएका छन् । 


शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राधिकरणको सुरुवता नहँुदै विरोध सुरु भएकाले काम गर्न नसकेको बताएका हुन् । 


उनले भने, ‘सबैको माग अनुसार सहकारीलाई नियमन गर्न सहकारी नियमन प्राधिकरण बनेको हो । यसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ भन्ने कुराको सुरुवात नहुँदै नियन्त्रण र खवरदारीको कुरा आउन थाल्यो । बिग्रेको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन ।’


उनले सहकारी नीति र उद्देश्य अनुसार काम नगरेको भन्दै स्रोत नखुलेका अवैध पैसा सहकारीमा चलाइने बताए ।  


‘हामीले सहकारी नीति र उद्देश्य अनुसार काम गरेका छौ कि छैनौं भन्ने हो । तर सहकारीले ठुलो रकम कसरी आयो भन्नेबारे ख्याल गर्न पर्छ कि पर्दैन । बैंकले त्यसलाई ख्याल गर्नैपर्छ । त्यसको स्रोत चाहिन्छ । सहकारीले साच्चै धितो नराखिकन ५०÷६० करोड एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ ? हाम्रो उद्देश्य भित्र छ ? छैन । यो गम्भीर प्रश्न हो,’उनले भने । 


उनले पछिल्लो समय सहकारी गलत बाटोमा हिड्दा विभाग, मन्त्रालयले ध्यान दिन नसकेको स्विकार गर्दै अव सच्चिएर जानुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार