प्रदेशहरुको बजेटमा अनियमित र अस्तब्यस्त देखियो, छानविन होस्: आङगेलु शेर्पा
२०८२ असार २० शुक्रवार
- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शेर्पाले प्रदेशहरुको बजेटले पार्टी नेता कार्यकर्ताको मनोबल घटाएको बताएका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले प्रदेशहरुले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शेर्पाले प्रदेशहरुको बजेटले पार्टी नेता कार्यकर्ताको मनोबल घटाएको बताएका हुन् ।
शेर्पाले जनातालाई केन्द्रबिन्दुमा राखेर बजेट ल्याउन प्रदेशहरु असफल भएको दाबी गर्दै यसले संघीयतामाथि प्रश्न उठाउनेहरुको मनोबल बढाउने दाबी गरे ।
शेर्पाले प्रदेशहरुले ल्याएको बजेट अस्तब्यस्त भएको भन्दै बजेट जस्ताको तस्तै कार्यान्वनमा आए अर्थिक बिचलन र अनियमितताको खतरा बढ्ने औंल्याए ।
उनले प्रदेशहरुको बजेटमाथि छनबिन गर्न पार्टीले उच्च स्त छनबिन समिती बनाउनुपर्ने माग गरे ।
संसदभित्र भईरहेका गतिबिधीमाथी समेत शेर्पाले प्रश्न उठाए । सांसदहरुले जथाभाबी बोल्दा संसद आफै बिकृती र बिसंगतिको थलो बन्न थालेकोले छनबिन समिति बनाउन पनि पार्टीले पहल गर्नुपर्ने माग गरे ।
संसदभित्रका गतिविधि सामाजिक मर्यादा उलंघन गरिरहेको शेर्पाको भनाई थियो । उनले पार्टी भातृ संस्थाहरुको गठन र बिघटनमा अल्झिन नहुने बताए । भातृ संस्थाहरु स्वतन्त्र ढंले चल्न दिनुपर्ने भनाई राख्दै शेर्पाले भातृ संस्थाहरुलाई वर्गीय हितमा केन्द्रित गर्नेपर्ने उल्लेख गरे ।
उनले नेपालमा पर्यटनको थप बिकास गर्न माउन्ट कैलाशको दर्शन गर्न जानेहरुका लागि मुस्ताङको कोरला नाका खोल्न पार्टी र सरकारलाई चीनसँग पहल थाल्न सुझाब दिए ।
त्यस्तै उनले पर्यटन र हिमाल आरोहनमा सम्लग्न मजदुरहरुको हितका लागि हिमाल आरोहणबाट प्राप्त राजस्वको निश्चित प्रतिशत छुट्याउन पार्टीले पहल गर्नुपर्ने माग गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।