देशलाई अब १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिन्छ : पूर्व अर्थमन्त्री आचार्य
२०८२ असार १८ बुधवार
- कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित विचार गोष्ठी कार्यक्रममा बोल्दै आचार्यले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारलाई संवेदनशील र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले मुलुकलाई द्रुत आर्थिक विकासको दिशामा लैजान १८ घण्टा काम गर्न सक्ने प्रधानमन्त्री आवश्यक रहेको बताएका छन् ।
कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित विचार गोष्ठी कार्यक्रममा बोल्दै आचार्यले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारलाई संवेदनशील र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
‘हामी पूँजीवादको पक्षमा छैनौं, हामी साम्यवादको पक्षधर पनि होइनौं,’ उनले भने, ‘हामी निजी क्षेत्रको भूमिकालाई विस्तारित बनाउन चाहन्छौं । सरकारले गरिबी निवारणमा काम गर्नुपर्छ । गरिबका छोराछोरीले पढ्न पाउने वातावरण सुनिश्चित गर्न स्कुल खोल्ने, उच्च शिक्षामा अन्तर्राष्ट्रिय स्तर कायम गर्न सरकार अग्रसर हुनुपर्छ । अब देशलाई आर्थिक एजेण्डामा काम गर्ने प्रधानमन्त्री चाहिन्छ । द्रुत गतिमा विकास गर्न १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिन्छ ।’
पूर्वाधार विकासलाई सरकारले ‘नमुनाको रूपमा’ अगाडि बढाउनु पर्नेमा उनको जोड थियो । आचार्यले मुलुकको विकासका लागि निजी क्षेत्र र राज्यबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जनताको हितमा केन्द्रीत नीतिहरू आवश्यक रहेको बताए ।
गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै उनले लोकतन्त्र, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा कोइरालाको दृष्टिकोण आज पनि सान्दर्भिक रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।