- निर्देशक प्रकाश लामिछानेले मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘समुन्नतिको यात्रामा नेपाल कहाँ पुगेको छ ? कहाँ छुटेको छ ? हुनुपर्ने प्रगति के भएको छ र हुनु–नपर्ने बेथिति किन भएको छ ? प्रश्न र गुनासा किन उब्जिएका छन्, सम्भावना र नवीन आशा के–कस्ता छन् ? देशको विभिन्न कुना पुगेर तयार गरिएका सामग्रीका साथ कार्यक्रम ऐनाको दोस्रो सिजनमा उपस्थित छौँ ।’
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ ।
निर्देशक प्रकाश लामिछानेले मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘समुन्नतिको यात्रामा नेपाल कहाँ पुगेको छ ? कहाँ छुटेको छ ? हुनुपर्ने प्रगति के भएको छ र हुनु–नपर्ने बेथिति किन भएको छ ? प्रश्न र गुनासा किन उब्जिएका छन्, सम्भावना र नवीन आशा के–कस्ता छन् ? देशको विभिन्न कुना पुगेर तयार गरिएका सामग्रीका साथ कार्यक्रम ऐनाको दोस्रो सिजनमा उपस्थित छौँ ।’
लामिछानेले पहिलो संस्करणका प्रस्तोता विश्वप्रकाश शर्माले नै दोस्रो संस्करण पनि सञ्चालन गर्ने जानकारी दिँदै दोस्रो संस्करणमा कांग्रेस महामन्त्री शर्माले जनप्रतिनिधिकै रूपमा संवाद गरे बताएका छन् । ‘राजनितिकर्मीकै रूपमा सरोकारवालाहरुको प्रश्न सुन्नुहुनेछ, अनि संसदको रोस्ट्रमबाट झैं सरकारलाई पनि प्रश्न गर्नुहुनेछ र समाधानका सुत्र खोजीसाथ छलफल चलाउनुहुनेछ,’ उनले भने ।
साहित्य लेखनमा रुचि राख्ने महामन्त्री शर्मा शब्दमा संगीत पनि भर्ने गर्छन् । पछिल्लो समय हिमाल आरोहीका रुपमा पनि शर्माले परिचय बनाएका छन् । छापामाध्यममा सम्पादक रहिसकेका शर्मासँग रेडियो र टेलिभिजनकर्मको अनुभव पनि छ ।
कार्यक्रमको विषयवस्तु
कार्यक्रम ऐनाको पहिलो सिजनमा सामाजिक विसंगतिविरुद्ध रुपान्तरणका पक्षमा थियो । बालश्रम, जातीय विभेद, घरेलु हिंसा, सार्वजनिकस्थलमा हुने दुव्र्यवहार, एसिड आक्रमण लगायतका विसंगतिबाट नेपाली समाजले भोगिरहेको पीडालाई केन्द्रीय बहसमा ल्याइएको थियो । साथै निराकरणका लागि जनचेतना जगाउने र सम्बन्धित सबैलाई घच्घच्याउने प्रयास पनि भएको थियो ।
निर्देशक लामिछानेले ‘ऐना’ केवल एउटा टेलिभिजन शो नभइ समुन्नतिको दिशामा एउटा बुलन्द आवाज भएको बताए । ‘कमजोरी पहिचान गर्दै, सच्याउन जोडबल गरौँ, गर्न बाँकी धेरै कर्म छन्, तिनलाई हासिल गर्ने संकल्प गरौँ, त्यही यात्रामा जोडबल गर्ने कार्यक्रम ‘ऐना’ को दोस्रो सिजनमा पनि पहिलो सिजनमाझैं तपाईंको उत्तिकै माया पाउने, विश्वास हामीले लिएका छौँ,’ लामिछानेले भने ।
कार्यक्रम निर्माण–निर्देशन, अनुसन्धान, रिपोर्टिङ, लेखन, भिडियोग्राफी, सम्पादन र व्यवस्थापनमा प्रकाश लामिछाने, आरके धिताल, जनक पौड्याल, भानु बोखिम, सोविता रिसाल, जीवन तिम्सिना, मनिका खतिवडा, ज्योती भट्टराई, युवराज साउद, सुशील बुढाथोकी, युवराज श्रेष्ठ लगायत रहेका छन् ।
लामिछानेले कार्यक्रमका प्रायोजक नेपाली व्यवसायीको नेपालभित्रकै उत्पादनसँग अघिल्लो सिजनजस्तै यसपटक पनि जोडिएको बताए । कार्यक्रम ‘ऐना’ कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’