सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी
२०८२ असार १७ मंगलवार
- मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुलाई राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले सरकारले आन्तरिक रोजगारको प्रवर्धनका लागि काम गरिरहेको बताएका हुन् ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको मूल आर्थिक गतिविधिको आधार मानेको बताएका छन् ।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुलाई राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले सरकारले आन्तरिक रोजगारको प्रवर्धनका लागि काम गरिरहेको बताएका हुन् ।
उनले भने,‘ नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको मूल आर्थिक गतिविधिको आधार मान्दै वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवद्र्धन गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर राखेका छौं ।’
उनले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकका रुपमा मनाउने निर्णय सरकारले गरेको पनि बताए ।
‘हामीले आन्तरिक रोजगारीको निम्ति आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्धनको दशककोरुपमा मनाउने निर्णय गर्यौं र मन्त्रालयमा आन्तरिक रोजगार महाशाखाको व्यवस्था गर्यौं’, उनले भने ।
यस कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरेका उद्यमीहरूलाई पुरस्कृत गरेको छ ।
कार्यक्रममा झापाका रविन पोखरेल, उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् भने उर्लाबारी मोरङका राजिव खड्का उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।
यसैगरी बाराका शंकर सिम्खडा, दोलखाका कुमार श्रेष्ठ, तनहँुका बसन्त बहादुर खड्का, अर्घाखाँचीका शोभाकर पौडेल, सुर्खेतका लक्ष्मी प्रसाद ढकाल उद्यमी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’