कुलिङ पिरियडमा दोषि देखिए कारवाही भोग्न तयार छु : सभापति खतिवडा
२०८२ असार १७ मंगलवार
- मंगलरबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले यत्रो ठूलो गल्ती कानून बनाउने कुरामा कहीँ नहुने भन्दै यो संसदमाथिको ठुलो गम्भीर प्रहार भएको बताए ।
काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा आफू दोषि ठहर भए कारबाहीको भागेदार हुन तयार रहेको बताएका छन् ।
मंगलरबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले यत्रो ठूलो गल्ती कानून बनाउने कुरामा कहीँ नहुने भन्दै यो संसदमाथिको ठुलो गम्भीर प्रहार भएको बताए ।
उनले भने, ‘संसदमाथिको ठुलो गम्भीर प्रहार हो । यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ हुँदैन । यसबारे छानबिन गर्नुपर्छ भन्ने पक्षमा छौं । जनप्रतिनिधिको बदनाम गर्ने काम भएको छ । कहाँ कमजोरी भएको हो, छानबिन गर्छौँ । यदी छानबीन गर्दा मेरो पनि दोष देखियो भने कारबाहीको दायरामा आउँछु । जसको कमजोरी देखिन्छ, त्यसले कारबाही भोग्नुपर्छ, उम्किन पाइन्न ।’
मंगलबार समिति बैठकमा माओवादी सांसदद्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा जवाफ माग गरेका थिए । पछि खतिवडाले भएको कमजोरीको नैतिक जिम्मेवारी लिने बताएका हुन् ।
जबसम्म यस विषयमा छानविन हुँदैन् तबसम्म समितिको बैठक स्थगित गरेको पनि उनले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।