- मंगलबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरु समक्ष आफ्नो धारणा राख्दै नेता निधिले आन्दोलित सुनचाँदी व्यवसायीहरुको माग जायज रहेको बताए ।
काठमाडौं : पूर्व उपप्रधानमन्त्री एवम कांग्रेसका नेता बिमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरुले राख्दै आएको माग जायज रहेको बताएका छन् ।
मंगलबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरु समक्ष आफ्नो धारणा राख्दै नेता निधिले आन्दोलित सुनचाँदी व्यवसायीहरुको माग जायज रहेको बताए ।
उनले सुनचाँदी विलासिताको साम्रगी नभएको धारणा राखे । नेता निधिले अर्थतन्त्रसंग सिधा जोडिएको वस्तुलाई विलासिता वस्तु भन्नु नमिल्ने बताए ।
उनले रुपैयाँ लिन बैंकमा डिपोजिट गर्न मिल्ने सुनलाई विलासिता वस्त भन्न नसकिने बताउँदै सम्पक्ति र विलासिताको वस्तु दुबै अलग अलग कुरा रहेको स्पष्ट पारे । नेता निधिले सुनचाँदीमा विलासिता कर र मुल्य अभिवृद्धि कर दुबै नलाग्नु पर्ने बताए ।
सरकारले कार्यदल गठन गरेर सुनचाँदी व्यवसायीहरुके समस्या समाधान गर्नुपर्ने नेता निधिले बताए । बजेटमा समावेश भएपनि अहिलेको लागि विलासिता कर लागु नगर्न उनले सरकारलाई आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’