‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग

२०८२ असार १७ मंगलवार
सारांश
  • मंगलबार पार्टी कार्यालय सानेपामा जारी पार्टीको केन्दीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले सरकारले संशोधन ल्याएर विधेयकमा संशोधन गनुपर्ने र छानविनगरी दोषिलाई कारबाही गर्नुपर्ने धारणा कांग्रेसको रहेको जानकारी गराए ।

काठमाडौं : नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ । 

 
मंगलबार पार्टी कार्यालय सानेपामा जारी पार्टीको केन्दीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले सरकारले संशोधन ल्याएर विधेयकमा संशोधन गनुपर्ने र छानविनगरी दोषिलाई कारबाही गर्नुपर्ने धारणा कांग्रेसको रहेको जानकारी गराए । 


उनले भने,‘जसले त्यहाँ पदको दुरुपयोग गरिरहेको छ, अवश्यपनि उनीहरुलाई छानविनको दायरामा ल्याउनुपर्छ । र तत्काल ‘कुलिङ पिरियड’ हटाएर त्यो प्रस्तावित भएको त्यसलाई संशोधनमा ल्याएर सच्याउनुपर्छ । छानविन गरेर दोषिलाई कारबाही पनि गर्नुपर्छ । र समितिमा भएको सहमति अनुसार ‘कुलिङ पिरियड’ राखेर नै संशोधन गर्नुपर्छ । ’


त्यस्तै उनले सरकारमा कांग्रेसको प्रभावकारी सहभागिता कसरी बढाउने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार