नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ: मन्त्री पाण्डे
२०८२ श्रावण १६ शुक्रवार
- स्काई टावर काठमाडौंमा आयोजित विशेष समारोहमार्फत २५ वटा डोम हाउसको शुभारम्भ कार्यक्रममा उनले नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुने भन्दै निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने बताए ।
काठमाडौं : सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको नवीनतम प्रयासको प्रशंसा गरेका छन् ।स्काई टावर काठमाडौंमा आयोजित विशेष समारोहमार्फत २५ वटा डोम हाउसको शुभारम्भ कार्यक्रममा उनले नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुने भन्दै निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने बताए ।
उनले भने, ‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन सक्छ। निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्छ र झन्झटिला कानुन संशोधन गरिनेछ ।’
संस्थाका निर्देशक सन्तोष सुवेदीले डोम हाउस परियोजनाले “प्रभावका लागि नवप्रवर्तन, प्रगतिको लागि साझेदारी” भन्ने मूल नारालाई आत्मसात् गरेर अगाडि बढ्ने बताए ।
उनले यस परियोजनाले नेपालमा हरित प्रविधिमा आधारित, पर्यावरणमैत्री, स्वदेशी डिजाइन र निर्माणमा आधारित प्रवृत्तिलाई बढावा दिने उल्लेख पनि गरे ।
यस्तै, नेपाल आइडिया फर वल्र्डका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले पनि यो शुभारम्भ केवल व्यावसायिक उपलब्धि नभई नेपालले नवप्रवर्तन र दिगो जीवनशैलीतर्फ अग्रसर हुने संकेत भएको बताईन् ।
नेपालमा पर्यटन, वातावरण र जीवनशैलीमा नवीनतम नवप्रवर्तन ल्याउने उद्देश्यसहित ‘नेपाल आइडिया फर वल्र्डले अन्तर्राष्ट्रिय स्तरको ‘डोम हाउस’ नेपालमा भित्र्याएको हो ।
कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक, पर्यटकीय क्षेत्रका अगुवाहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
के हो डोम हाउस ?
डोम हाउस एक अत्याधुनिक, पारदर्शी र मोड्युलर संरचना हो, जसलाई पर्यटन, स्वास्थ्य तथा वातावरणमैत्री जीवनशैलीसँग जोडेर डिजाइन गरिएको हो । यसमा रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट, मिडिया स्टुडियो, निजी कार्यालय, वा विभिन्न कार्यक्रमका स्पेसको रूपमा प्रयोग गर्न सकिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।