शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न मन्त्री पन्तको आग्रह
२०८२ असार १६ सोमवार
- सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन समय चाहिएको भन्दै बैठकलाई आज स्थगित गर्न आग्रह गरेका छन् ।
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न आग्रह गरेका छन् ।
सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन समय चाहिएको भन्दै बैठकलाई आज स्थगित गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘यो बैठकलाई आज स्थगित गरौं किनभने एउटा कुरा प्रष्ट भन्न चाहान्छु संसदीय प्रणालीमा र समितिमा पनि सरकारको तर्फबाट मन्त्रीले यसलाई अहिले रोकौ भनेपछि त्यो विधेयकको रुपमा अगाडि जादैँन् । यसलाई अहिले स्वीकारको पक्षमा नजाउ, तपाईहरुसँग मेरो कुरा मिल्छ तर मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन मलाई समय चाहियो । यो समय जटिल छ, यो अवस्थामा सबै कुरा मिलाउन पर्छ संयोजन गरेर जानुपर्छ । त्यसकारण समय चाहियो तर सरकारले मानेन हामी पास गर्छौ भन्नु हुन्छ भने म रोक्दिन तर सरकारले अहिले नगरौं भनेको कुरा अगाडि बढेको मलाई कुरा अझसम्म भएको थाहा छैन् ।’
बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ । केही सांसदहरूले मन्त्रीले विधेयक पारित प्रक्रियामा ‘ढिलाइ गर्न खोजेको’ आरोपसमेत लगाए । तर, अन्ततः समितिका सभापति अम्मरबहादुर थापाले सबै सदस्यको प्रतिक्रिया सुनेपछि बैठक ‘पुनः आह्वान नहुन्जेलसम्म’ स्थगन भएको घोषणा गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।