ऊर्जा मन्त्री दीपक खड्काद्वारा बेइजिङस्थित नेपाली राजदूतावासका गतिविधि र समस्याबारे विस्तृत छलफल
२०८२ असार १६ सोमवार
- उक्त भ्रमणका क्रममा मन्त्री खड्काले दूतावासका पदाधिकारीहरूसँग भेटघाट गरी दूतावासको वर्तमान अवस्था, हालका गतिविधिहरू र समस्याहरूका बारेमा विस्तृत जानकारी लिएका छन् ।
बेइजिङ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसकेपछि बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गरेका छन् ।
उक्त भ्रमणका क्रममा मन्त्री खड्काले दूतावासका पदाधिकारीहरूसँग भेटघाट गरी दूतावासको वर्तमान अवस्था, हालका गतिविधिहरू र समस्याहरूका बारेमा विस्तृत जानकारी लिएका छन् ।
राजदूतावासका तर्फबाट प्रस्तुत गरिएका समस्याहरूमा कार्यसुविधा, जनशक्ति र स्रोतको अभाव लगायतका विषयमा गम्भीर छलफल गरिएको थियो । मन्त्री खड्काले तिनीहरूको समाधानका लागि परराष्ट्र मन्त्रालयसँग आवश्यक पहल गर्ने र समन्वय गरिने आश्वासन दिएका छन् ।
सो अवसरमा मन्त्री खड्काले बेइजिङमा आयोजित नेपाली पर्यटन व्यवसायीहरूको ट्रेड फेष्टममा पनि सहभागिता जनाउँदै स्टल अवलोकन र व्यवसायीहरूसँग अन्तक्र्रिया गरेका हुन् । उनले नेपाली पर्यटन र व्यवसाय प्रवर्धनका लागि विभिन्न पहलहरू गर्नुपर्ने महत्वलाई जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’