- बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी गराउने कांग्रेसले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । विधानतः हरेक दुई महिनामा बस्नुपर्ने यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो ।
दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुने बताइएको छ । यसका साथै, पार्टीको १०० दिने अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन पनि बैठकमा पेस गरिने बताइएको छ । बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी गराउने कांग्रेसले जनाएको छ ।
छलफलका मुख्य एजेन्डाहरूमा भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण र समसामयिक राजनीतिक अवस्था रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’