‘उद्यम प्रवद्र्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ’

२०८२ असार १६ सोमवार
सारांश
  • सोमबार काठमाडौं युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन–२०८२ को उदघाटन कार्यक्रममा बोल्दै उनले सरकारले उद्यम प्रवद्र्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्ने धारणा राखे ।

काठमाडौं : खेलकुद तथा युवामन्त्री तेजुलाल चौधरीले नेपाली उत्पादनलाई तीनै तहको सरकारबाट प्राथमिकता दिनुपर्ने बताएका छन् । 


सोमबार काठमाडौं युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन–२०८२ को उदघाटन कार्यक्रममा बोल्दै उनले सरकारले उद्यम प्रवद्र्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्ने धारणा राखे । 


उनले भने,‘नेपाली उत्पादनलाई तीनै तहको सरकारबाट प्राथमिकता दिनुपर्छ । सरकारले उद्यम प्रवद्र्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ । धितो राखेर कर्जा लिने व्यवस्था गर्नुपर्छ । युवाहरुलाई सर्वसुलभ र झन्जटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छ । युवाले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्छ ।’

 
त्यस्तै उनले युवाहरु किन निरुत्साहित छन् भन्ने विषयमा वहस आवश्यक रहेको बताए । सरकारको हालै ल्याएको बजेटमा युवा उद्यमशीलता र सीप विकासमा मुख्य जोड दिएको उनको दाबी छ । 


‘किन युवाहरु उत्साहिन हुन सकिरहनु भएको छैन् भन्ने विषयमा पक्कै पनि यस सम्मेलनमा भव्य छलफल हुनेछ । र अर्को कोणबाट प्रतिकुलतामा नै अनुकुलता खोज्ने र चुनौतीलाई सफलताको रुपमा लिन सक्नुपर्छ । नेपाल सरकारको हालै ल्याएको बजेटमा पनि युवा उद्यमशीलता र सिप विकासमा मुख्य जोड दिएको छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार