कांग्रेस कार्यालय सानेपामा तरुण नेताले सुरु गरे आमरण अनशन

२०८२ असार १५ आईतवार
सारांश
  • तरुण दलका केन्द्रीय सदस्य रोजन राई र अम्बिका बाँस्कोटा आइतबारदेखि अनशनमा बसेका हुन् । उनीहरुले ६ बुँदे माग राख्दै पार्टी कार्यालयको मुल ढोकामै अनशन सुरु गरेका हुन्

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको महाधिवेशन माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु भएको छ ।


तरुण दलका केन्द्रीय सदस्य रोजन राई र अम्बिका बाँस्कोटा आइतबारदेखि अनशनमा बसेका हुन् । उनीहरुले ६ बुँदे माग राख्दै पार्टी कार्यालयको मुल ढोकामै अनशन सुरु गरेका हुन् । 


यसअघि अध्यक्ष विद्वान गुरुङविरुद्ध मोटरसाइकल र्याली र पार्टी कार्यालय सानेपामा नाराबाजी समेत गरेका थिए । 


अनशनकारीहरुले विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंग गर्नुपर्ने मुख्य माघ राखेका छन् । २०७३ सालमा पोखरामा तरुण दलको महाधिवेशन भएपछि अर्को महाधिवेशन हुन सकेको छैन । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार