भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही
२०८२ असार १५ आईतवार
- शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन् । उनले संसदमै आवाज उठाउँदै यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।
शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे ।
उनले भने, ‘लामो समयदेखि संसदमा भिजिट भिसा प्रकरणमा छानविन गरौं भनिरहेका छौं । यो कुनै राजनीतिक दाउपेचको कुरा होइन् । म सरकारमा रहेका दलहरुलाई पनि मेरो अनुरोध छ त्यहाँ भिजिट भिसामा विक्रीमा परेका मान्छेहरु रास्वपा, राप्रपा र अन्य दलका मात्रै होइनन् । त्यहाँ कांग्रेसका मान्छेहरु पनि छन्, एमालेका मान्छेहरु पनि छन्, माओवादीका पनि छन् । समग्रमा भन्ने हो भने नेपाली नागरिक बेचिएका छन् । तिनीहरुको छानविन गर्नुपर्छ ।’
उनका अनुसार भिजिट भिसामा विक्रीमा परेका मानिसहरू कुनै एक दलका मात्र नभएर नेपाली नागरिक बेचिएको बताए ।
शाहीले संसदमा कति संख्यामा को सांसद छन् भन्ने विषयभन्दा पनि उठाइएको मुद्दा जायज छ कि छैन भन्ने कुरालाई ध्यान दिन आग्रह गरे ।
उनले भने, ‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ । संसदमा त तपाईं हामी एक अर्काप्रति आरोप र प्रत्यारोप लगाउँला । तर नेपाली जनताले यसको फैसला गर्छन्, जनतालाई के भन्ने ?’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’