प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

२०८२ असार १५ आईतवार
सारांश
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

काठमाडौं : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो । 


संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।


विधेयक पारित हुनु अघि सांसदहरूले छलफलमा भाग लिएका थिए । यस्तै सांसद प्रभु शाहले विधेयकप्रति आपत्ति जनाउँदै रोष्ट्रममै च्यातिदिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार