प्रतिष्ठानको दही चिउरा कार्यक्रममा कांग्रेस नेताहरुको भीड

२०८२ असार १५ आईतवार
सारांश
  • असार १५ गते विहान बत्तीपुतलीमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका दिवंगत नेतृहरु मंगलादेवी सिंह, नोना कोइराला, सुशीला कोइराला र शैलजा आचार्यको फोटोमा माल्यार्पण गरी दही चिउरा खाने कार्यक्रम राखिएको हो ।

काठमाडौं : मंगला, नोना, सुशिला, शैलजा स्मृति प्रतिष्ठानले काठमाडौंमा भेटघाट तथा दही चिउरा खाने कार्यक्रमको आयोजना गरेको छ । 


असार १५ गते विहान बत्तीपुतलीमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका दिवंगत नेतृहरु मंगलादेवी सिंह, नोना कोइराला, सुशीला कोइराला र शैलजा आचार्यको फोटोमा माल्यार्पण गरी दही चिउरा खाने कार्यक्रम राखिएको हो ।


प्रतिष्ठानकी अध्यक्ष गोमा केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री लक्ष्मी उपाध्यय(डिना), कांग्रेस नेताहरु डा.मिनेन्द्र रिजाल, डा.सुनिल शर्मा, डा.शंशाक कोइराला, मनोजमणि आचार्य, नेतृ सिर्जना सिंह, कांग्रेस ललितपुर नेता सानुबाबु महर्जनलगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार