एमाले वामपन्थी आन्दोलनको एउटा असाधारण शक्ति हो: ओली

२०८२ असर १४ शनिवार
सारांश
  • मदन भण्डारीको ७४औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले मदन भण्डारीको अभावका कारण जबजको समय अत्यन्तै चुनौतिपूर्ण रहेको बताएका हुन् ।

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)को जनताको बहुदलीय जनवादको तीन दशक जननेता मदन भण्डारीको अभावका दशक रहेको बताएका छन् । 


मदन भण्डारीको ७४औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले मदन भण्डारीको अभावका कारण जबजको समय अत्यन्तै चुनौतिपूर्ण रहेको बताएका हुन् । 


उनले भने, ‘जबजको विचार तीन दशकभन्दा बढी लामो अवधीदेखि चर्चामा छ । ०४६ सालको चौथो महाधिवेशनदेखि जबजको गणना गर्नुपर्छ । त्यसयताका तीन दशकका समय जननेता मदन भण्डारीको अभावका दशकका रुपमा वित्यो । उहाँको निधनपछि ०५० साल पछिको समय अत्यन्तै चुनौतिको दशक रहयो ।’


उनले सोभियत संघ ढलेपछिको अवस्थामा वामपन्थी शक्तिहरुको परिस्थिती सजिलो नभएको भन्दै उनले नेकपा (एमाले) लाई झुसे बारुलोको रुपमा लिएको बताए ।  


‘नेकपा एमालेलाई झुसे बारुलो ठान्थे मान्छेहरु । तर एमालेलाई झुसे बारुलो थिएन । कहिलेकाहीं चिल जस्तो ठुलो पंक्षीलाई सानो चिभे चराले लखेटेर हैरान बनाउँछ, त्यसैले एमालेलाई कमजोर ठान्न मिल्दैन् । यहाँ आकार मात्र हेरेर हँुदैन,’ प्रधानमन्त्री ओलीले थप भने, ‘त्यो सँग विचारको दम छ कि छैन, त्यसको उद्देश्यसहित प्रतिवद्धता कस्तो छ ? त्यसको विचार अनुसारको दम छ कि छैन भन्ने हेर्नुपर्छ । त्यसकारण नेकपा (एमाले) देख्दाको आकार मात्र होइन दुनियाको वामपन्थी आन्दोलनमा एउटा असाधारण शक्ति हो । एमाले आफैमा एउटा शक्ति हो ।’  


उनले केही मानिसहरु पार्टी सिध्याउन तिर लागेको भन्दै एमाले कमजोर नरहेको बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार