प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै

२०८२ असर १४ शनिवार
सारांश
  • नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरी पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

काठमाडौं: प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ । 


शनिबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनसहित छलफल हुने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत पनि गरिने छ ।


यस्तै, गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरी  पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार