जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी

२०८२ असार १२ विहिवार
सारांश
  • विहीवार नेपाल डेरी एशोसियसनले काठमाडौंमा गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका छन् । विहीवार नेपाल डेरी एशोसियसनले काठमाडौंमा गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

रोपाइँको सिजनमा भइरहेको मल अभावको विषयलाई उठाउँदै उनले भने,‘मलको हाहाकार छ, हुन्छ । जोसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ । सरकारले गत वर्ष मल खरिदका लागि २७ अर्ब ९५ करोड बजेट विनियोन गरेको थियो । त्यसबाट साढे ४ लाख टन भन्दा धेरै मल आउँदै आउँदैन बजारमा मलको माग ११ लाख देखि १३ लाख टनको छ । एक चौथाइ मलले कसरी किसानलाई पुर्ति गर्न सकिन्छ । राज्यप्रति दायित्व भइसकेपछि  आउँछ आउँछ भनेर बोल्नु परेको छ ।’

 

नेपालमा करीब १४ लाख हेक्टर जमिनमा धान खेती हुने गरेको छ । त्यसका लागि करिब २ लाख ३० हजार मेट्रिक टन रासायनिक मल आवश्यक हुने गरेको छ ।

 

तर कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको असार ९ सम्मको तथ्यांक अनुसार सरकारसँग यतिबेला ६६ हजार ४३३ मेट्रिक टन मात्रै रासायनिक मल मौज्दात रहेको देखिन्छ । धान रोपाइँको मुख्य सिजनमा सरकारले किसानलाई आवश्यक मात्रामा मल उपलब्ध गराउन नसकेको गुनासो यतिबेला बढीरहेको छ ।

 

धान सिजनका लागि कम्तीमा डेढ लाख टन युरिया र ८० हजार टन डिएपीको खपत हुन्छ । तर, गोदाममा युरिया २८ हजार २१२ मेट्रिक टन, डिएपी २९ हजार २७६ मेट्रिक टन र पोटास ८ हजार ९४५ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ ।

 बाटोमा ६४ हजार टन युरिया आउने क्रममा छ । थप मल आपूर्तिको सुनिश्चितता नहुँदा किसान विगतमा जस्तै मलविना नै रोपाइँ गर्नुपर्ने बाध्यतामा छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार